२०८२ फाल्गुन १७ गते, आईतवार १६:४८

समाजवादी प्रेस संगठन पर्साद्वारा पत्रकार आशु सर्राफ सम्मानित हुने

वीरगन्ज –

समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारका लागि गठन गरिएको छनोट समितिको बिहीबार बसेको बैठकले यात्रा डेलीका डेस्क सम्पादक सर्राफलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

समितिका संयोजक तथा समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनका अनुसार पुरस्कारको राशी रु. २१ हजार रहेको छ।

उक्त पुरस्कार आगामी मंसिर १५ गते वीरगन्जमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा प्रदान गरिने छ।

यसअघि सो पुरस्कारबाट वीरगन्जका पत्रकार मनोज पटेल सम्मानित भइसकेका छन्।

बिहीबार बसेको छनोट समितिमा संयोजक सुमनसँगै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल तथा सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साह सहभागी थिए।

स्व. सर्राफ समाजवादी प्रेस संगठन पर्साका कार्यसमिति सदस्य रहेकामा २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमा निधन भएको थियो।

पोडकास्ट सुन्नुहोस