२०८२ मंसिर १२ गते, शुक्रबार १९:१३

औषधि ऐनको अव्यवहारिक प्रावधान हटाउन माग गर्दै औषधि व्यवसायीहरुको विभागमा धर्ना

काठमाडौँ-

औषधि व्यवसायीहरुले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा विभागमा धर्ना दिएका छन् ।

शुक्रवार नेपाल व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरुले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्ध हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् ।

प्रशासनिक वा प्राविधिक कारणले ढिलो भएको नवीकरणलाई कमजोरीको रुपमा लिई सहज समाधानका रुपमा सम्बोधन गर्ने व्यवस्था तत्काल लागू गर्न उनीहरुको माग छ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाक महासचिव शुभमन श्रेष्ठले लामो समयसम्म औषधि व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले चासो नदिएको कारण धर्नामा बस्नुपरेको बताउनु भयो । उहाँले औषधि ऐनमा आवश्यक संशोधन गरी औषधि व्यवसायीको संरक्षण, सहज व्यवसायिक वातावरण र जनस्वास्थ्यमैत्री नीति सुनिश्चित गर्ने खालको सुधारात्मक व्यवस्था गर्न माग गर्नुभयो ।

कानून आयोगबाट बनाइएको औषधि ऐनको विधेयक यथाशिघ्र प्रमाणिकरणका लागि अघि बढाउन समेत व्यवसायीहरुले माग गरेका छन् ।

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

पोडकास्ट सुन्नुहोस