२०८३ आश्विन २० गते, मंगलवार ०५:१२

 वीरगन्जमा श्रोत नखुलेको १० लाखको हुण्डीसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्। साहलाई शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोक सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।

उनका अनुसार साह मधेस प्रदेश०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट १ हजार दरका ७०० थान, पाँच सय दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद भएको पाठकले बताए। पक्राउ परेका साहमाथि अनुसन्धान थालिएको छ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबार गैरकानुनी रहेकाले राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस