२०८२ चैत्र २२ गते, आईतवार १३:३१

देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन ः मन्त्री खरेल

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अझै समाप्त भएको छैन ।’
सरकारी तथ्याङ्कलाई आधार मान्दा देशभर करिब साँढे ६ लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले तीमध्ये झण्डै डेढ लाख गम्भीर अवस्थामा रहेको बताए ।
‘गम्भीर अपाङ्गता भएकामध्ये धेरैको जीवन विछ्यौनामै बितिरहेको छ । उनीहरूको जीवनमा राज्य र समाजले कति ध्यान दिएको छ भन्ने प्रश्न उठेको छ,’ उनले भने ।
प्रदेशदेखि स्थानीय तहसम्म आवश्यक सेवा प्राप्त गर्न कठिनाइ अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री खरेलले ह्वीलचेयरजस्ता आधारभूत सहायक सामाग्रीसमेत सहज र निःशुल्क रूपमा उपलब्ध हुन नसकेको तथ्य उजागर गरे ।
उनले भने, ‘दार्चुला, बैतडी, सोलुखुम्बु, रौतहट वा सातै प्रदेशका कुनै पनि ठाउँमा रहेको शारीरिक अपाङ्गता भएका व्यक्तिले के उनी आफ्नो जिल्लामै सहज र निःशुल्क रूपमा ह्वीलचेयर पाउँछन् त रु यो अझै सुनिश्चित छैन ।’
मन्त्री खरेलले विभेद अन्त्य र पहुँचयोग्य सेवा सुनिश्चितताका लागि तीनै तहका सरकार तथा समाज सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस