२०८२ चैत्र २१ गते, शनिबार ००:१८

पृथ्वी राजमार्गको नागढुंगा मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

धादिङ० –

नागढुंगा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा(मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो ।

सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०स्३० बजेदेखि दिउँसो ३स्३० बजेसम्म आवागमन बन्द हुनेछ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सडक आयोजनाले आग्रह गरेको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा(नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाडौँ जिल्ला भित्रपर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ । एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रूपमा सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए।

यो समयमा नागढुङ्गा–पिपलामोड खण्डको लागि काठमाडौँतर्फबाट आउने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला र जुँगेखोलामा रोकिनेछ । गल्छी–गजुरी खण्डको लागि नौबिसेतर्फबाट आउने सवारीलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीलाई मलेखु क्षेत्रमा रोकिने सडक आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् । सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पूल तरेर घाटबेसीको पूल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सक्नेछन् । एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहनजस्ता अत्यावश्यक गाडी भने ट्राफिक प्रहरीको सहजीकरणमा चल्न सक्नेछ ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस