२०८२ मंसिर २४ गते, बुधबार १५:००

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

काठमान्डौं-

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ ।
नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गर्नभयो ।

कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय टोलीले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रश्तुत गरेको थियो ।

नेपाली ब्याण्ड ‘घुगु मुगु’ ले परम्परागत नेपाली संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । लुम्बिनीमा आयोजित यो तेस्रो संस्करणले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई सांस्कृतिक माध्यमबाट अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट

काठमान्डौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको

महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट

काठमान्डौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको

पोडकास्ट सुन्नुहोस