२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

काठमाडौं-

चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ ।

देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना गरिएको कार्यशालामा सयजना भन्दा धेरैको सहभागिता रहेको थियो ।

पहिलो प्राविधिक सत्रमा ड्रोन हब नेपालका सल्लाहकार मोतीराम इटानीले ड्रोनको आधारभूत संरचना, युएभी उडानका वैज्ञानिक सिद्धान्त तथा नेपालमा लागू नियमनबारे स्पष्ट प्रस्तुति दिए । सोही क्रममा एरोस्पेस इञ्जिनियर अफ्ताब आलम मन्सुर, सचिन कुमार सिंह तथा इन्स्पेक्टर रमेश साहले उडानका क्रममा हुने अवरोधबाट बच्ने उपाय, स्वायत्त उडान र सेन्सर एकिकरण जस्ता अत्याधुनिक र प्रविधि सैद्धान्तिक तथा व्यवहारिक रूपमा प्रस्तुत गरे ।

आलमले विश्वभर सञ्चालन भइरहेको युएभी अनुसन्धान तथा विद्यार्थीहरूले कसरी एभियसन–सम्बन्धी करियर निर्माण गर्न सक्छन् भन्नेबारेमा आफ्ना धारणा व्यक्त गरे । कार्यक्रममा उपस्थित विद्यार्थीहरूले आफैं निर्माण गरेको युएभी विमानको सफल उडानले उपस्थित सबैको ध्यान खिच्यो र युवा प्रतिभा तथा नवप्रवर्तनको प्रभावशाली उदाहरण प्रस्तुत गर्यो ।

जीसीएसीबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षकले उद्यम–स्तरका युएभी प्रणाली, अग्नि नियन्त्रण ड्रोन, कृषि छर्काव ड्रोन, म्यापिङ प्रविधि तथा भारी बोझ बोक्ने कार्गो ड्रोनसम्बन्धी विस्तृत जानकारी प्रदान गरे । उनीहरूले विश्वव्यापी युएभी प्रविधि र एभियसन इञ्जिनियरिङका करियर अवसरबारे सहभागीहरूलाई गहन दृष्टिकोण प्रदान गरे ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस