काठमाडौं –
इजरायली सेनाले शनिवार गाजा शहरमा हमासका एक वरिष्ठ लडाकुमाथि आक्रमण गरेको बताएको छ ।
एक विज्ञप्तिमा इजरायल रक्षा बलले शिन बेट सुरक्षा एजेन्सीसँगको समन्वयमा हमला गरिएको बताएको हो ।
इजरायलको राज्य सञ्चालित कान टिभीले रिपोर्ट गरेको छ कि आक्रमणमा मारिएका लडाकु राद साद हुन् ।
जो हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेडका संस्थापकहरू मध्ये एक हुन् ।
हमासको उत्पादन मुख्यालयका प्रमुख हुन् । जुन रकेट लन्चर, मिसाइल र ट्याङ्क विरोधी हतियारहरूको आन्तरिक उत्पादनको लागि जिम्मेवार छ ।
कान टिभीकाअनुसार इजरायलले विगतमा सादलाई मार्ने प्रयास गरेको थियो तर असफल भएको थियो ।
Post Views: 23















