२०८२ पुष २३ गते, बुधबार २२:१४

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ –

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतको संलग्नतामा अनुसन्धान तथा खोज अभियानका क्रममा यसरी व्यक्ति हत्या र लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

 पक्राउ पर्नेमा ओखलढुंगाका २८ वर्षीय मिलन भन्ने संगम राई, सोही जिल्लाका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् ।

उनका अनुसार ती गिरोहले यही पुस १५ गते ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका–६, भदौरे गैरीगाउँस्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र निजकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी लुटपाट गरेका थिए । उनीहरूले पसल तथा कोठामा रहेको अन्दाजी रु. एक लाख नगद तथा दुई तोला सुनको गरगहना र छ तोला काँचो सुनसमेत लुटपाट गरी लगेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धानपश्चात् उक्त घटनामा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा उनीहरूले गत असोज २६ गते राति ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को बीभत्स हत्या गरी नगद तथा सुनका गरगहनासमेत लुटपाट गरेको पाइएको छ ।

उनीहरूका साथबाट हत्यामा प्रयोग भएको बन्चरो, लुटिएको सुन, गरगहना, खुकुरी, पसलबाट लुटिएको रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र चार वटा मोबाइल बरामद गरिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले शनिवार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस