काठमाडौं-
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी चुनाव चिह्नलगायत विषयमा छलफल गर्न आज फेरि निर्वाचन आयोग जाने भएका छन् ।
आयोगले छलफलका लागि बोलाएपछि दिउँसो २ बजे जान लागेको नेता अजयबाबु सिवाकोटीले जानकारी दिए ।आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको भन्दै आयोग पुगेका थिए ।
त्यसलगत्तै गगन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा छलफल गर्न जान लागेका हुन् ।
Post Views: 17














