२०८३ बैशाख ९ गते, बुधबार १५:२४

चारजना ठग पक्राउ

काठमाडौं –

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन् ।

यस्तै, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।

पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार पक्राउ गरेको हो ।

यस्तै, मिथिलेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

पोडकास्ट सुन्नुहोस