२०८३ आश्विन २० गते, मंगलवार ०२:४७

माइतीघरमा सुकुमबासीको आक्रोश, ‘डोजर आतंक बन्द गर

काठमाडौँ –

देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीमाथि भइरहेको डोजर कारबाही र राज्य दमनको विरोध गर्दै अखिल नेपाल सुकुमबासी सङ्घ तथा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिनै सुकुमबासी बस्ती हटाउने कार्य अमानवीय भएको आरोप लगाउँदै सरकार र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले बल प्रयोग गरेर भूमिहीन तथा विपन्न नागरिकलाई विस्थापित गर्ने कार्यलाई “संस्थागत हत्या” को संज्ञा दिएका छन्।

आन्दोलनमा सहभागी सुकुमबासी अधिकारकर्मीहरूले संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले डोजर आतंक तत्काल रोक्न, सुकुमबासीको जिउधनको सुरक्षा गर्न तथा स्थायी बसोबासको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै राज्यको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए। उनीहरूले सुकुमबासीका समस्या समाधानका लागि दमन होइन, संवाद र न्यायपूर्ण विकल्प आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस