२०८३ जेष्ठ ७ गते, बिहीबार १४:५८

गुणस्तरहीन ‘डाबर हनी’ बजारबाट फिर्ता गर्न निर्देशन, उपभोक्तालाई प्रयोग नगर्न आग्रह

वीरगन्ज –

उपभोक्ताको स्वास्थ्यमा जोखिम देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादन गरिएको ५०० ग्रामको ‘डाबर हनी’ ९मह० तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको महको नमुना परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उक्त उत्पादन न्यून गुणस्तरको भेटिएको जनाएको छ । परीक्षणमा गुणस्तर मापदण्ड पूरा नभएको पुष्टि भएपछि विभागले उपभोक्ताको हितलाई ध्यानमा राख्दै सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण रोक्न आदेश दिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित डाबर नेपाल उद्योगबाट उत्पादन गरिएको ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५र१२ र १८ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको उक्त महलाई विभागले मिति २०८३र०२र०५ मा औपचारिक रूपमा फिर्ता गर्न निर्देशन जारी गरेको जनाएको छ ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ९२०० बमोजिम उक्त ब्याचका सम्पूर्ण उत्पादन बजारबाट हटाउन तथा उपदफा ९४०० अनुसार पुनः बिक्री वितरण नगर्न उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ ।

विभागले उपभोक्तालाई पनि सोही ब्याच नम्बरको मह खरिद नगर्न तथा घरमा भए प्रयोग नगर्न आग्रह गरेको छ । साथै यस्ता खाद्य वस्तु खरिद गर्दा उत्पादन मिति, ब्याच नम्बर र गुणस्तरसम्बन्धी विवरण अनिवार्य जाँच गर्न उपभोक्तालाई सुझाव दिइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस