२०८३ आश्विन २० गते, मंगलवार ०२:४६

कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

काठमाडौं –

नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवस अवसरमा शुभकामना व्यक्त गर्दै उनले श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण गरेको बताए ।

‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो । हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ,’ उनले भने, ‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन् ।’

उनले रोपाइँको मुख्य समयमा पनि किसानहरूले पर्याप्त मल, गुणस्तरीय बीउबिजन, सिँचाइ तथा अन्य आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको बताए । उनले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस