सर्लाही –
नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।
उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन् ।












