२०८३ आश्विन १७ गते, शनिबार २०:४३

मधेस प्रदेशमा दुई महिनामै विपद्का ४५९ घटना: ९२ जनाको मृत्यु, करिब तीन करोडको क्षति

जनकपुरधाम —

मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/84 को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ वटा घटना घटेका छन्। ती घटनामा परी ९२ जनाले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाको मृत्यु भएको हो। यस अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण तथा डुबानलगायतका विपद्का घटना घटेका छन्।

करेन्ट र पानीमा डुबेर धेरैको मृत्यु

विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी रहेको छ। दुई महिनाको अवधिमा करेन्ट लागेर ३९ जनाको ज्यान गएको छ भने पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। त्यसैगरी, जङ्गली जनावरको आक्रमणबाट ५ जना, चट्याङ लागेर ३ जना, आगलागीबाट १ जना तथा अन्य विभिन्न विपद्का घटनाबाट १३ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिएका छन्। बाढी, डुबान, करेन्ट तथा अन्य जोखिमपूर्ण घटनामा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य रहेको प्रहरीले जनाएको छ।

करोडौँको भौतिक क्षति

विपद्का यी ४५९ वटा घटनाबाट कुल रु २ करोड ९२ लाख ४७ हजार ५५५ बराबरको धनमाल क्षति भएको छ। आगलागीका मात्रै ११२ वटा घटना भएका छन्, जसबाट २१२ परिवारका घर जल

यस अवधिमा आगलागीबाट मात्रै रु २ करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको छ। त्यसैगरी, बाढी तथा पहिरोबाट ११ लाख ९० हजार, चट्याङबाट ३ लाख, जङ्गली जनावरको आक्रमणबाट रु २ लाख ७२ हजार तथा अन्य विभिन्न विपद्का घटनाबाट रु ४ लाख ६३ हजार बराबरको भौतिक क्षति भएको तथ्याङ्कमा उल्लेख छ। विपद्का कारण ५१० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

उद्धार तथा सुरक्षा तयारी

विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय भइरहेको छ। विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि मात्रै प्रदेशभर २ हजार ८६९ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेशका आठ वटै जिल्लामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा राखिएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताएका छन्।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस