२०८३ आश्विन १७ गते, शनिबार २१:१९

पूर्वराजासँग सहकार्य गर्न खोजेका थिए माओवादीले: कमल थापाको पुस्तकबाट सनसनीपूर्ण खुलासा

काठमाडौँ —

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनभन्दा दुई साताअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रस्ताव पठाएको खुलासा गरेका छन्। थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यो दाबी सार्वजनिक गरेका हुन्।

पुस्तकमा उल्लेख भएअनुसार, २०६४ चैत ११-१२ गतेतिर डा. बाबुराम भट्टराईले काठमाडौँको बालाजुमा कमल थापालाई भेटेर संविधानसभा चुनाव रोकेर राजालाई मनाई माओवादी नेतृत्वमा सरकार गठनको मध्यस्थता गर्न आग्रह गरेका थिए। उक्त विषय दरबारमा पुर्‍याएपछि पूर्वराजाको चासोअनुसार भोलिपल्ट बिहानै प्रचण्ड र बाबुराम दुवैसँग संयुक्त भेट भएको र सो छलफलमा माओवादी नेताहरूले ‘कम्बोडिया मोडल’ वा ‘सांस्कृतिक राजा’ को अवधारणा अघि सारेको थापाको भनाइ छ।

नेता थापाले भने, “२०६४ सालको संविधानसभा निर्वाचनअघि मेरा सहपाठी डा. बाबुराम भट्टराईले मलाई भेटेर राजालाई मनाएर माओवादीसँग सहकार्य गरी सरकार गठन गर्न प्रस्ताव राख्न आग्रह गर्नुभयो। मैले राजालाई यो कुरा सुनाएँ। राजाले यो बाबुरामको मात्र प्रस्ताव हो कि प्रचण्डको पनि हो भनेर सोध्नुभयो। भोलिपल्ट बाबुराम र प्रचण्ड दुवैसँग भेट भयो। प्रचण्डले पनि यही प्रस्ताव सही भएको बताउनुभयो। राजसंस्थाको स्वरूपबारे कुरा हुँदा बाबुरामजीले ‘सांस्कृतिक राजा’ को अवधारणा उल्लेख गर्नुभयो।”

पूर्वराजाको अस्वीकृति र सत्ता हस्तान्तरणको प्रसङ्ग

तर, प्रजातान्त्रिक दलहरूलाई बाहिर राखेर केवल माओवादीसँग मात्र एक्लै सहकार्य गर्न नहुने अडान पूर्वराजा ज्ञानेन्द्रले लिएपछि सो प्रयास बीचमै टुंगिएको थापाले पुस्तकमा स्पष्ट पारेका छन्।

यसैगरी, २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला वैशाख ६ गते नै पूर्वराजा ज्ञानेन्द्रले मानवीय क्षति रोक्न सत्ता हस्तान्तरणको निर्णय लिँदै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकार सुम्पने तयारी गरेकोसमेत थापाले दाबी गरेका छन्। भारतीय विशेष दूत डा. कर्ण सिंह नेपाल आउनuअघि नै बाह्य दबाबबिना आन्तरिक निर्णयबाट निकास निकालेको सन्देश दिन राजाले उक्त रणनीति बनाएको खुलासासमेत उनले पुस्तकमा गरेका छन्।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस