२०८३ आश्विन १८ गते, आईतवार ११:३९

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको निर्देशकमा डा. झा नियुक्त

वीरगन्ज –

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको निर्देशकमा डा. नवलकिशोर झा नियुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुखका रूपमा कार्यरत डा. झाको बढुवा भएपछि उनलाई स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको हो ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय डा. झाले सर्लाहीमा स्वास्थ्य सेवा व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

नवनियुक्त निर्देशक डा. झाले अब प्रदेशभर सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमको समन्वय, अनुगमन तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

उनले प्रदेशको स्वास्थ्य सेवा अझ व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने बताए ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस