२०८३ आश्विन २५ गते, आईतवार १०:५४

आज वीरगन्जमा दोस्रो गहवामाई चुनरी यात्रा निकालिँदै

file photo

पर्सा —

विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिको आयोजनामा आज भव्यताका साथ दोस्रो ‘गहवामाई चुनरी यात्रा’ निकालिने भएको छ।

स्थानीय धार्मिक परम्परा र आस्थाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त चुनरी यात्रामा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने जनाइएको छ। बाजागाजा, भजन-कीर्तन र धार्मिक झाँकीसहित गहवामाई मन्दिर परिसरबाट सुरु हुने यात्राले वीरगन्ज नगरका विभिन्न भागको परिक्रमा गर्नेछ।

विश्व हिन्दू परिषद् नेपाल वीरगन्ज महानगर समितिले धार्मिक निष्ठा र भक्तिभावका साथ निकालिने यस यात्रालाई अनुशासित र भव्य रूपमा सम्पन्न गराउनका लागि आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन मिलाइसकिएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस