२०८२ असार १७ गते, मंगलवार १०:४५

चितवन –

चितवनको भरतपुर महनगरपालिका–२९ सत्र किलोमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा।प्र। ०६–००१ ज। ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा। प्र। ०३–००१ ख। २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको हो ।

चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालका आनुसार हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतहरुमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस