२०८२ असार १७ गते, मंगलवार १०:३७

काठमाडौं-
सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा संसदीय सुनुवाईको क्रममा आफ्नो न्यायिक अवधारण तथा कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रस्तावित न्यायाधीश पाण्डेले न्यायको अनुभुति हुनेगरी न्याय सम्पादन गराउनका लागि न्यायिक सद्विवेकको समेत आफूले प्रयोग गर्ने बताउनु भयो ।

स्वतन्त्र, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादन नै न्यायाधीशको मुख्य कार्यभार र दायित्व भएको उल्लेख गर्दै उहाँले त्यसका लागि इमान्दार, निष्ठा र लगनशीलता साथ न्याय सम्पादन गर्ने बताउनु भयो । प्रश्तावित न्यायाधीश पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व पूरा गर्न आफूले सक्दो पहल गर्ने पनि बताउनु भयो ।

प्रश्तवित न्यायाधीश पाण्डेले न्यायलयमा सबैको पहुँच वृद्धि गर्ने कुरालाई पनि आफूले जोड दिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस