२०८३ बैशाख ४ गते, शुक्रबार ०९:३०

सहकारीको रकम अपचलनबारे बयान लिन रवि लामिछानेलाई आज रुपन्देही लगिँदै,रास्वपाले प्रदर्शन गर्ने

बुटवल-

सहकारी ठगीको आरोपमा प्रहरी अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज  रूपन्देही लगिँदै छ । सहकारी ठगीमा रूपन्देही जिल्ला अदालतको पक्राउ पुर्जीअनुसार कास्की प्रहरीले लामिछानेलाई आज बिहान रूपन्देही पठाउन लागेको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा जाहेरी रहेकोले अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले जानकारी दिए । सुप्रिम सहकारीबाट लामिछानेको नाममा २ करोड रूपैयाँ गएको देखिन्छ ।

रूपन्देही प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवामा बयान लिएर पोखरा पठाएको थियो ।

रविलाई बुटवल ल्याउने तयारीसँगै नेता, कार्यकर्ता र समर्थकहरूले प्रदर्शनको तयारी गरेका छन् ।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस