काठमाडौ –
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाउनुभएको छ ।
सोमवार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताउनु भयो ।
उहाँले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पार्नुभयो । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।
बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले पैmसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहो¥याउनु भयो ।