२०८३ आश्विन १९ गते, सोमबार २३:२६

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी

जनकपुर-

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभुति गर्न नसकेको बताउनुभएको छ ।

बिहीवार जनकपुरमा मधेस प्रदेशमा लैंगिक समानताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो बताउनुभएको हो । उहाँले देशमा प्रहरी प्रशासन भएपनि प्रहरी प्रशासनको उपस्थिति रहेको महशुस आम नागरिकले गर्न नसकेको बताउनु भयो । उहाँले कार्यालय समयमा प्रहरीहरु निदाएर बसेको आफूले विभिन्न जिल्लाको अनुगमनका क्रममा भेट्टाएको बताउनु भयो । आफू सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट रहेको बताउनु भयो ।

उहाँले लैंगिक हिंसाको अन्त्य गर्नका लागि सुरक्षा निकायको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । लैंगिक हिंसा अन्त्य, दाइजो प्रथा, बालविवाह अन्त्यका निम्ति र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनु भयो

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस