२०८२ जेष्ठ ३१ गते, शनिबार २२:३९

काठमाडौं-

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै चितवन विजयी भएको हो ।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

चितवनको जितमा पाकिस्तानी बलर सोहेल तनवीरले महत्वपूर्ण योगदान गरे । उनले आफ्नो ४ ओभरमा २१ रन मात्र दिदएर ५ विकेट लिए । आफ्नो उत्कृष्ट स्पेलको लागि उनी प्लेयर अफ द म्याच घोषित भए ।

चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । ल्युक बेंकेस्टेनले २२, हसन इसाखिलले १२ रन बनाए । कुशल मल्ल, रवि बोपारा र शरद भेषावकरले समान ११ रन बनाए । काठमान्डुका लागि शहाव आलमले ३ विकेट लिए । गेरहार्ड एरास्मस र ड्यान डथवेटले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले १११ रन बनाउँदा अलआउट भएको थियो । काठमाडौंका लागि मिचेल लेभिटले २५, सुमित महर्जनले २४, ड्यान डथवेटले १९, शंकर रानाले १६ रन बनाए । चितवनका लागि तनवीरले ५, रिजन ढकाल, कुशल मल्ल, अमर रौतेला र ल्युक बेंकेस्टेनले १–१ विकेट लिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस