२०८३ बैशाख २ गते, बुधबार ०४:४३

आधा किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

धनगढी —

कैलाली प्रहरीले आधा किलो सुनसहित धनगढीबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार धनगढीको ट्राफिक चौराहबाट भारतीय नम्बर प्लेटको कारबाट ५ सय ४९।२ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र राखिएको ज्याकेटको खल्तीबाट सुन फेला परेको कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले बताए । उक्त कारमा भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित रहेका थिए । दुवै जनालाई पक्राउ गरिएको एसपी विष्टले बताए ।

विष्टका अनुसार त्यसक्रममा भारतीय नागरिकबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, १ हजार २ सय ८० भारतीय रुपैयाँ र कार नियन्त्रणमा लिइएको एसपी विष्टको भनाइ छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस