सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे

काठमाडौं – 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए बिरोध गर्ने बताउनु हो । उहाँले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताउनु भयो ।

उहाँले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग समेत गर्नुभयो । उहाँले काँग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउनु भयो । उहाँले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरु ल्याएर संसदमा राख्ने पनि बताउनु भयो । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्