२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२२

उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम शुरु गरेको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भएपनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताउनु भयो । उहाँले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताउनु भयो । निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको शुरुवात समेत गर्न नसकेको अवस्था रहेको बताउनु भयो । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिष्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताउनु भयो । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने बताउनु भयो ।

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताउनु भयो । योगा उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस