२०८३ आश्विन १८ गते, आईतवार १७:०१

बिरगंजका ५ का वडा अध्यक्ष द्वारा स्टिम ईनहेलर, नि-गार्ड, ईलेक्ट्रीक हट बेग एवं स्वास्थ्य सामाग्रीहरु वितरण

बिरगंज-

बिरगंज महानगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्टिम ईनहेलर, नि-गार्ड, ईलेक्ट्रीक हट बेग एवं स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् ।

बिरगंज वडा नम्बर ५ कुम्हालटाेल स्थित मून लाईट ई.बो. स्कूलमाएक कार्यक्रमको आयोजना गरी  सो समागी्रहरु बितरण गरेका हुन ।

वितरण कार्यक्रमको प्रमुख अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमूख आतिथ्यता र प्रमूख प्रशासकिय अधिकृत श्री अरविन्दलाल कर्णज्यूको विशेष आतिथ्यतामा बिरगंज महानगरपालिका  विशिष्ट अतिथिमा जिल्ला प्रहरी बिरगंजका एस.पी. कुमोद ढुङेल,बाबू जान अल्ली,वरिष्ठ पत्रकार ईश्वर चन्द्र गौतम,वडा सन्जु दहाल,रुस्तम अल्ली, यस वडाका सचीव अरुन बस्नेत लगएतकाहरुको पनि उपस्थित रहेको थियो। उक्त कार्यक्रममा २१५ जना ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क समान बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर सिंहले दिप प्रजवलित गरी कार्यक्रमलाई उद्घाटन गर्दै समाजका कमजोर तथा विशेष आवश्यकता भएका वर्गहरूको हितमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

५ नं. वडा कार्यालय द्वारा स्टिम ईनहेलर, निगार्ड, ईलेक्ट्रीक हट बेग लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस