२०८३ मंसिर ३ गते, बिहीबार ३:०१

सरकारी सेवामा अनुशासनको डण्डा : कार्यालय नआउने ७ इन्जिनियरलाई हटाइयो

काठमाडौं –

सरकारी सेवामा रहेर कार्यालयमा हाजिर नहुने र स्वीकृतिबिनै बिदा बस्ने प्रवृत्तिमाथि पूर्वाधार विकास मन्त्रालयले कठोर कारबाही गरेको छ। मन्त्रालयले अनुशासन उल्लंघन गरेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात इन्जिनियरलाई सेवाबाट हटाइएको हो।

सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन् भने एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा हटाइएका छन्।

कार्यालयमा अनुपस्थित रहेको कसुरमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको छ।

मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो। उक्त निर्णयसम्बन्धी सार्वजनिक सूचना आज जारी गरिएको छ।

सरकारी जिम्मेवारीमा रहेर कार्यालयमा अनुपस्थित हुने तथा स्वीकृतिबिना बिदा बस्ने कर्मचारीमाथि मन्त्रालयको यो कारबाहीले प्रशासनिक अनुशासन उल्लंघनमा कठोर कदम चालिएको संकेत गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस