२०८३ कार्तिक ३० गते, सोमबार १६:४५

सुनसरीमा छठ पूजास्थल तोडफोड गर्ने दुई जना पक्राउ

इनरुवा–

जिल्ला प्रहरी कार्यालय सुनसरीले छठ पूजास्थल तोडफोड गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा घाटमा पूजास्थल तोडफोड गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार मिति २०८३ साल कात्तिक २९ गते साँझ ७:३० बजेको समयमा उक्त घाटमा भक्तजनहरू छठको साँझको पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ बस्ने १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको छ।

पूजास्थलको पुनर्निर्माण र ढुक्क भएर सहभागी हुन आग्रह जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी प्रेस विज्ञप्तिमा क्षति पुगेको पूजास्थललाई पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको जानकारी दिइएको छ। साथै, सम्पूर्ण श्रद्धासुमन तथा भक्तजनहरूलाई कुनै पनि किसिमको डर–त्रास बिना ढुक्क भएर पूजामा सहभागी हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस