२०८३ बैशाख २ गते, बुधबार ०५:०५

६ लाख सहित एक भारतिय नागरिक पक्राउ

पर्सा-

सशस्त्र प्रहरीले वीरगन्जबाट स्रोत खुलाउन नसकेका ६ लाख ५ हजार बराबर नेपाली रुपैयासहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत वडा नम्बर १ भलुवाहा निवासी ३८ वर्षिय विशेश्वर यादव रहेका छन् ।

सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटेको प्रहरी टोलीले हिजो साँझ वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेटबाट उनलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाईकलमा सवार यादवलाई चेकजाँच गर्ने क्रममा उनीसँग नेपाली रुपैया ६ लाख ५ हजार १८५ भेट्यो । सोधीखोजी गर्दा उनले ती रुपैयाको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको यादव सवार मोटरसाईकलको दुई लाख र उनीबाट बरामद १ थान मोवाईलको मुल्यांकन मूल्य २५ हजार कायम गरिएको छ ।

उनलाई आवश्यक कारावाही लागी स्रोत नखुलेका ६ लाख ५ हजार १ सय ८५ र मोटरसाईकल, मोवाईल सहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस