२०८३ मंसिर ३ गते, बिहीबार ३:०१

बाल सुधार गृहबाट फरार भएका कैदी युवा वीरगन्जमा पक्राउ

वीरगन्ज-

बाल सुधार गृह वीरगन्जबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी युवालाई प्रहरीले पुनः पक्राउ गरी आज सार्वजनिक गरेको छ।

२०८२ साल भदौ ४ गते भएको जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर निवासी २२ वर्षीय (नाम परिवर्तन गरिएको–वीरेन्द्रनगर ‘एल’) लाई प्रहरीले वीरगन्जको मालपोत चोकबाट पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका–४, विर्तास्थित बाल सुधार गृहबाट १४ महिनाअघि फरार भएका उनलाई विशेष सूचनाका आधारमा गत कात्तिक ३० गते बिहान ९ः३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका युवालाई अप्राकृतिक मैथुनको अभियोगमा सुर्खेत अदालत र कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद तथा २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस