२०८३ असार २१ गते, आईतवार ०५:१७

अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध

काठमाडौं – 

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित भएका छन् । २३औं राष्ट्रिय सम्मेलनबाट शनिबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा केन्द्रिय सचिव (मुस्लिम) मा मिरोज अहमद निर्विरोध निर्वाचित भएका हुन् ।

सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । अर्का उम्मेदवारको दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संगठनको केन्द्रीय सदस्य रहेका मिरोज अहमद ३३ जना पदाधिकारीको सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

अन्य पदाधिकारी तथा सदस्यहरुका लागि भने शनिबार निर्वाचन हुदैछ । सचिवमा निर्विरोध निर्वाचित भएका अहमदले शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्न केन्द्रीत रहदै शैक्षिक क्रान्तिमा साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अखिल ९क्रान्तिकारी० मा ३२ बर्षे उमेर हदको विषयमा व्यापक विवाद र बहसपछि मतदानबाट उमेर हदको निर्णय भएको थियो । त्यसपछि माघ १२ गतेका लागि निर्वाचन तालिका तोकिएको थियो । मधेस प्रदेशको जनकपुर केन्द्रमा निर्वाचन हुनेछ ।

पर्साबाट लेखा समितिको उपाध्यक्षमा गायत्री सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् । सिराहाकी सिंह माल पर्सा जिल्लामै स्थायी बसोवास गर्दै आएकी छिन् ।

त्यस्तै केन्द्रीय उपाध्यक्षमा शिवम कुमार साह, उपमहासचिवमा विवेक कुमार साह, सचिवमा संदीप विक्रम साह, अभिषेकराज ठाकुर लगायतले उम्मेदवारी दिएका छन् ।

यसपटक अखिल क्रान्तिकारीको नेतृत्वका लागि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को समूहले प्यानल नै बनाएर निर्वाचनमा होमिएको छ । अन्यको भने प्यानल मिल्न नसक्दा आ–आफुले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस