२०८३ असार २१ गते, आईतवार ०५:१८

धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ, एक गाग्री पानीले धरानवासीको माग सम्बोधन हुँदैनः मन्त्री यादव

काठमाडौं –
खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताउनु भयो ।

उहाँले धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताउनु भयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनु भयो । उहाँले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताउनु भयो ।

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस