२०८२ असार ११ गते, बुधबार ११:०२

काठमाडौं –
खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताउनु भयो ।

उहाँले धरानवासीलाई पानी खुवाउनका लागि करिव ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीवार छलफल गरेको पनि बताउनु भयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनु भयो । उहाँले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताउनु भयो ।

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस