जनकपुर-
मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन् ।
माघ १४ गते सोमवारदेखि यस अभियानको शुरुवात हुने मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिनुभयो । मिटरव्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अगाडी बढाइने बताउनु भयो ।
सरकारसँग तीन चरणको वार्ता भएपनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताउनु भयो ।