२०८३ असार २१ गते, आईतवार ०५:१५

एकता नै राष्ट्र निर्माणको बलियो आधार होः प्रधानमन्त्री

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हल्लाका पछाडि नभइ भविष्य उन्मुख भएर कामका पछाडि लाग्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको बताउनु भयो । उहाँले जातीयता, भौगिलकताका नाममा विद्ेवष फैल्याउने काममा नलाग्न आग्रह गर्नुभयो । उहाँले विविधताहरुलाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामहरुप्रति खुशी प्रकट गर्दै छिटो भन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताउनु भयो । सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस