२०८३ असार २१ गते, आईतवार ०५:१७

उपप्रधानमन्त्री सिंहको जिकिरः दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नदेखिएपछि कांग्रेस–एमाले मिल्यौँ

काठमाडौं-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको जिकिर गर्नुभएको छ ।

शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार राजनीतिक स्थायित्वको लागि बनेको बताउनु भएको हो । उहाँले विकास निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन नसकेको बताउनु भयो । उहाँले संसद्का दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नभएको कारण वर्तमान सरकार गठन भएको जिकिर गर्नुभयो ।

उहाँले जनताको समस्या समाधान र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा वर्तमान सरकार बनेकोले कसैले अचम्म मान्न नहुने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस