२०८३ आश्विन १८ गते, आईतवार १५:१६

जनकपुरमा लौरो प्रहार गरि श्रीमतीको हत्या , श्रीमान पक्राउ

धनुषा-

धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

धनुषाधाम नगरपालिका वा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमति जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया सँगीता ठाकुरको हत्या भएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि श्रीमतीको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषामले जनाएको छ ।

देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।

देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस