२०८३ असार ११ गते, बिहीबार ०१:२२

नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द

काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताउनु भयो । नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताउनु भयो । देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बतानु भयो । उहाँले नेपाली जनताको पैसा, दया, माया नभइ विश्वास भए मात्रे पुग्ने बताउनु भयो । एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताउनु भयो । नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने बताउनु भयो ।

महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस