२०८३ बैशाख २ गते, बुधबार ०३:४४

संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखको सक्रियता, विपक्षी दलहरुसँग लिए सुझाव

काठमाडौँ- 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलेल संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषमा प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

आईतवार सिंदरबारमा भएको छलफलमा सभामुख घिमिरेले सदनलाई गतिशील बनाउँदै कानून निर्माणमा जोड दिने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । उहाँले छलफलमा कार्यव्यवस्था परामर्श समिति बैठकका एजेण्डा र संसदको प्रभावकारिताको विषयमा छलफल भएको बताउनु भयो । उहाँकाअनुसार सभामुख घिमिरेले समितिमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा सुझाव लिनुभएको छ । छलफलमा परामर्श समितिको बैठकमा ठोस निर्णय गर्दै संसदको कार्यतालिता बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले छलफलका क्रममा कानून निर्माणमा सरकार गम्भिर हुन आवश्यक रहेको धारणा राखेको बताउनु भयो । उहाँले कानून निर्माणमा प्रतिपक्षी दलहरु सहयोग गर्न तयार रहेपनि सरकार गम्भिर नभएको बताउनु भयो ।

कानून निर्माण सरकार सक्रिय भएन भने संसद प्रभावकारी नहुने भन्दै त्यसको लागि सत्तापक्षसँग अझै छलफल गर्न सुझाव दिएको परियारको भनाइ छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस