२०८३ आश्विन १८ गते, आईतवार १४:२४

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज-

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा चार महिला सहित ४० जना व्यक्तिले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी वीरगंजस्थित ब्लड बैंकले दिएको छ।

कार्यक्रममा भन्सार कार्यालयका कर्मचारी, स्थानीय नागरिक, र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्नुका साथै रक्तदानजस्तो महत्वपूर्ण मानवीय कार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ।

वीरगंज भन्सार कार्यालयले आगामी दिनमा पनि यस्ता समाजसेवी गतिविधि आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस