२०८२ असार ९ गते, सोमबार १७:५९

काठमाडौं-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरुबाट बारम्बार प्रभावित हुने गरेको बतउनु भयो । उहाँले पछिल्लो समय गातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएको भन्दै बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरुबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । जोखिम न्युनिकरणका सम्बन्धमा भवन लगायत भौतिक संरचना सुरक्षित तवरले निर्माण गर्नको लागि जनचेतना फैल्याउनु पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो । निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र कानूनी जटिलतालाई सहज बनाउन त्यसमा आवश्यक हेरफेर, आवश्यक नयाँ योजना तथा नीति तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले प्राकृतिक प्रकोप र विपद्ले भौगोलिक सीमा नभन्ने भन्दै सबैको सहकार्य र सहयोग जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस