२०८३ बैशाख २२ गते, मंगलवार ०४:१२

सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी

काठमाडौं-

राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकार जनताको पक्षमा काम गरिरहेको बताउनुभएको हो । उहाँले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताउनु भयो ।

उहाँले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताउनु भयो । सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने उहाँको भनाइ छ ।

उहाँले विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस