सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छः मन्त्री पाण्डे

काठमाडौं-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताउनु भयो ।

उहाँले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले निजगढ विमानस्थल नबनि फास्टट्रयाको पूर्णता नहुने उल्लेख गर्नुभयो । महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भएपनि पूरा गर्न कठिनाइ रहेको बताउनु भयो । उहाँले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताउनु भयो ।

मन्त्री पाण्डेले विकास र पुरातत्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्