२०८२ असार १७ गते, मंगलवार १२:१४

काठमाडौं-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिनुभयो । उहाँले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताउनु भयो । अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको बताउनु भयो । अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताउनु भयो ।

एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउनु भयो । एमाले पार्टीको रुपमा नचलेको पनि बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस