२०८३ श्रावण २१ गते, बिहीबार १५:१८

भुवनेश्वरस्थित कीट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लाम्सालको मृत्यु: आत्महत्याको आरोप, विद्यार्थीहरू आक्रोशित

पर्सा—

भुवनेश्वरस्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लाम्साल मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना आत्महत्याको रूपमा सामने आएको छ। सहपाठीहरूका अनुसार, प्रकृतिले लगातार मानसिक उत्पीडन र दुर्व्यवहारको सामना गरिरहेकी थिइन्।

घटनापछि विश्वविद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्। एक महिना अघि, प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) मा मानसिक यातना र दुर्व्यवहारबारे उजुरी गरेकी थिइन्। तर, प्रशासनले कुनै ठोस कदम नचालेको आरोप लगाइएको छ। विद्यार्थीहरूले भनेका छन् कि यदि विश्वविद्यालयले समयमै ध्यान दिएको भए, आज प्रकृति जीवित हुनसक्थिन्।

विधार्थी लाई निकलाने नेटिस र मृत विधार्थी प्रकृति लाम्साल

घटनापछि नेपाली विद्यार्थीहरू लगायत अन्य सहपाठीहरूले विश्वविद्यालयमा प्रदर्शन गरेका छन्। उनीहरूले दोषीमाथि कठोर कारबाहीको माग गरेका छन्। तर, विश्वविद्यालय प्रशासनले प्रदर्शन दबाउन सुरक्षागार्ड र छात्रावास वार्डेनहरूलाई परिचालन गरेको छ। विद्यार्थीहरूले विश्वविद्यालयमाथि सत्य लुकाउन खोजेको आरोप लगाएका छन्।

यस घटनाले विश्वविद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीहरूले दोषीलाई कानूनी कारबाहीको माग गर्दै निरन्तर आवाज उठाइरहेका छन्। उनीहरूले विश्वविद्यालयले घटनाबारे औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। साथै, विद्यार्थीहरूको सुरक्षामा सुधारका लागि विश्वविद्यालयले ठोस नीति लागू गर्नुपर्ने माग पनि राखिएको छ।

प्रकृतिको मृत्युले विश्वविद्यालयमा अध्ययनरत नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाझ गम्भीर चिन्ता र आक्रोश फैलिएको छ। विद्यार्थीहरूले न्यायको माग गर्दै आफ्नो आन्दोलन जारी राखेका छन्। यस घटनाले विश्वविद्यालयहरूमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य र सुरक्षाको मुद्दालाई पनि केन्द्रबिन्दुमा ल्याएको छ।

विश्वविद्यालय प्रशासनले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर, विद्यार्थीहरूले प्रशासनले तत्काल कदम चाल्नुपर्ने र यस्ता घटनाहरू दोहोरिन नदिन ठोस नीति ल्याउनुपर्ने जोड दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस