२०८३ बैशाख २ गते, बुधबार ०५:४३

धनुषामा लागुऔषध कारोबारमा संलग्न ५ पक्राउ

जनकपुर-

लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाममा सञ्चालनमा रहेको न्यू अनुस्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार ६सय ३५ शंकास्पद रकम सहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ८ का जेनिसकुमार साह रहेका छन् ।

त्यस्तै श्रोत नखुलेको रकमसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।  जनकपुरधाम वडा नम्बर ८स्थित चेकजाँचको क्रममा १० लाख रुपैयाँ हुण्डी रकमसहित भारत, बिहारका जामुन नायकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आईतवार (४ गत्ते) धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागुऔषध खैरो हिरोइन विक्री वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तीवारीले जानकारी दिनुभयो ।

त्यस्तै, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्ने  क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध पदार्थसहित पक्राउ गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभयो । प्रहरीले सबैला नगरपालिका वडा नम्बर १३ प्रसाहीस्थित महेश्वर मण्डल खत्वेको घरबाट २ के.जी. गाँजा र औजार बरामद गरेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस