२०८३ बैशाख २ गते, बुधबार ०९:४४

काठमाडौंमा राजावादी प्रदर्शन, माहोल तनावग्रस्त

काठमाडौं-

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै काठमाडौंको दरबारमार्गमा र्‍याली निकालेको छ। प्रदर्शनकारीहरूले नारायणहिटी दरबार संग्रहालयमा छिर्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दावाद’, ‘हामीलाई राजा चाहियो’, ‘राजा आऊ, देश बचाउ’ जस्ता नारा लगाएका थिए। उनीहरूले नेपालको झन्डा बोकेर बाइक र पैदल र्‍याली गरे भने केहीले पूर्वराजा शाहको ठूलो तस्बिरसमेत बोकेका थिए।

प्रदर्शनकारीहरूले नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच पुनः राजालाई लगाइदिनुपर्ने मागसमेत गरेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिएको छ भने नारायणहिटी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ।

राजावादीहरूको प्रदर्शन जारी रहेकाले दरबारमार्ग क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस