२०८३ बैशाख २ गते, बुधबार ०९:३८

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न अध्यक्षमा: गीता क्षेत्री राणा

वीरगन्ज-

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन  वीरगन्जमा सम्पन्न भएको छ। पत्रकार सम्मेलनको आयोजना गरी निजी विद्यालयहरूले भोगेका समस्याहरू पहिचान गरी त्यसलाई समाधान गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनले विभिन्न निर्णयहरू गरेको बताईएको छ।

महाधिवेशनका मुख्य निर्णयहरू:

  • शिक्षक र कर्मचारीहरूको विकासका लागि ठोस कार्यक्रमहरू ल्याउने।
  • शैक्षिक सुधार, शैक्षिक जनशक्ति उत्पादन, तयारी, तालिम र विकासका लागि पहल गर्ने।
  • विद्यालयहरूको स्तरअनुसार सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।
  • संघीय शिक्षा ऐन नआउँदासम्म ७५३ वटै पालिकाहरूसँग सहकार्य गर्ने।
  • व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रको भूमिका बढाउने।
  • सञ्चार माध्यमसँग सहकार्य गरी विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई जोड्ने।
  • निजी विद्यालयहरूलाई कर तिर्न, सेवा सुविधा दिन र सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहन गर्ने।

निर्वाचित पदाधिकारीहरू:

  • अध्यक्ष: गीता क्षेत्री राणा
  • वरिष्ठ उपाध्यक्षहरू: ज्ञानेन्द्र मोहन भट्टराई, सूर्यबहादुर अधिकारी, बज्रेंद्र मिश्रा, सुबोध डाँगी, कमल बहादुर सिंह
  • महासचिव: प्रताप बहादुर थापा लगायत ५५ सदस्यहरु समिति रहेको छ ।

यस महाधिवेशनले निजी विद्यालयहरूले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्न र शिक्षा क्षेत्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस